धनगढी पोष्ट
बुधबार, २७ मङि्सर २०८० मा प्रकाशित
धनगढी । हमास आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीका परिवारलाई इजरायली सरकारले इजरायलका नागरिकले पाउने सेवा सरहको सुविधा दिने भएको छ ।
मृतक विद्यार्थी विवाहीत भए उसको श्रीमतिलाई आजीवन आर्थिक सहयोग गर्ने र छोराछोरीको हकमा २१ बर्ष सम्म पढाई खर्च व्यहोर्ने गरी इजरायलले मृततका परिवारको विवरण संकलन गर्न थालेको छ । त्यसैगरी मृतक विद्यार्थी अविवाहीत भएको अवस्थामा विद्यार्थीको आमा बुबालाई आजीवन सहयोग गर्ने गरी इजरायली दुतावासले प्रक्रिया अघि बढाएको जनाइएको छ । त्यसका लागि सवै कागजात संकलन गर्ने काम भइरहेको दुतावासले जनाइएको छ ।
हमास आक्रमणमा घाइते भएका विद्यार्थीको हकमा उनिहरुको उपचार खर्च इजरायल सरकारले व्यहोर्ने जनाइएको छ । घाइते विद्यार्थी मध्य अंगभंग भएका विद्यार्थीलाई जीवन यापनका लागि आजीवन सहयोग गर्ने दुतावासले जनाएको छ । त्यसैगरी घाइते अवस्थामा रहेका विद्यार्थीलाई मानसिक समस्या देखिएमा इजायल सरकारले उनिहरुको स्वास्थ्य अवस्था सुद्रिड नहुँदा सम्म उपचारमा सघाउने जनाइएको छ ।