धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

महेन्द्रनगर, डडेल्धुरा र काठमाडौंमा शाखा सञ्चालन गर्दै नवजीवन सहकारी

महेन्द्रनगर, डडेल्धुरा र काठमाडौंमा शाखा सञ्चालन गर्दै नवजीवन सहकारी

धनगढी बैंकिङ कारोवार गर्ने मान्यता पाएको नेपालकै अग्रणी संस्थाका रुपमा परिचित नवजीवन सहकारी संस्थाले चालु आर्थिक बर्षमा संघिय राजधानी काण्डमाण्डौं, डडेल्धुरा कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालन गर्ने भएको

सहकारी संस्थाले काठमाण्डौं डडेल्धुरामा यस अघिनै शाखा सञ्चालन गर्ने अनुमति पाइसकेकोमा चालु आर्थिक बर्षमा ती स्थामा शाखा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने संस्थाका अध्यक्ष देवबहादुर बमले बताए बुधबार नवजीवनको ३०औं बार्षिक साधारण सभा कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष्य बमले कञ्चनपुरको महेन्द्र नगरमा भने स्थानीय सुदूर नेपाल बचत तथा ऋण सहकारी संस्था संग मर्ज गरेर शाखा सञ्चालन गर्न लागिएको बताए

सुदूर नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड संग यस अघिनै मर्ज प्रक्रिया अद्दि बढिसकेको , अध्यक्ष बमको प्रतिवेदनमा भनिएको , तर नियामक निकायले पनुः साधारण सभाबाट स्वीकृति लग्नु पर्ने भनेको , त्यसैले यसै साधारण सभाबाट पुनः मर्ज गर्ने निर्णय गरेर तत्कालै महेन्द्रनगरमा शाखा सञ्चालन गर्ने छौं

अध्यक्ष बमले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नव जीवन सहकारी संस्थाको आर्थिक बर्ष २०७९÷८० सम्म चुक्ता शेयर पूजी २८ करोड, २४ लाख ५४ हजार पुगेको । अध्यक्ष बमका अनुसार २०७९ साल असाढ मसान्त सम्म संस्थाको शेयर पूजी २६ करोड २६ करोड ९५ लाख ६८ हजार रहेकोमा आर्थिक बर्ष २०८० को असाढ मसान्त सम्म सो शेयर पूजी चार दशमलव ७८ प्रतिशतले वृद्धि भई २८ करोड २४ लाख ५४ हजार रहेको

चालु आर्थिक बर्षको असाढ मसान्त सम्म संस्थाको जगेडा कोषमा ५५ करोड ५४ लाख पुगेको अध्यक्ष बमको प्रतिवेदनमा उल्लेख गरिएको । नवजीवन सहकारी संस्थाले गत आर्थिक बर्षमा अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गरेको जुन आर्थिक बर्ष २०७८/७९ को भन्दा दशमलव ९० प्रतिशतले बढी भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको अध्यक्ष बमका अनुसार अषाढ मसान्त सम्ममा अर्ब १९ करोड ३५ लाख ४३ हजार तरलता रहेको , भने सो अवधिमा तीन अबृ ९१ करोड ४६ लाख २५ हजार कर्जा लगानी रहेको

नवजीवन सहकारी संस्थाले गत आर्थिक बर्षको असाढ मसन्त सम्मा १२ करोड ४८ लाख ६२ हजार खुद मुनाफा आर्जन गरेको जसमध्य सवै कर कट्ट तथा अन्य कोष कट्टा गरेर बचेको करोड ५३ लाख हजार शेयर सदस्यलाई बाँडफाँड गरेको

आर्थिक बर्ष २०७८/७९ मा ११ करोड ५६ लाख ३६ हजार खुद मुनाफा गरेकोमा गत आर्थिक बर्षमा दशमलव ९८ प्रतिशतले मुनाफा वृद्धि भई १२ करोड ४८ लाख ६२ हजार खुद मुनाफा आर्जन गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख

नवजीन सहकारी संस्थाले चालु आर्थिक बर्षमा बासगढीमा आफ्नै भवन निर्माण गर्ने, सहकारीको प्रधान कार्यालय रहेको धनगढीमा थप भवन निर्माण गर्ने, गोदावरी नगरपालिका स्थित मजगाउँमा रहेको जग्गामा कृषि उपच भण्डारणीकरण, प्रशोधन तथा बजारी करण गर्ने कुटानी पिसानी उद्योग सञ्चालन गर्ने, शेयर सदस्यको आय स्तर बढाउने कार्यक्रम सञ्चालन गर्ने, शेयर सदस्यको शिप विकास गर्ने, वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने लगायतका योजना अघि सारेको