धनगढी पोष्ट 
                                बुधबार, २७ मङि्सर २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । सुदुरपश्चिम सरकारको  चालु आर्थिक बर्ष २०८०।२०८१ को हालसम्मको कार्यप्रगतिको समीक्षा कार्यक्रमम धनगढीमा सम्पन्न भएको छ । 
मुख्यमन्त्री कार्यालयमा भएको समीक्षा कार्यक्रममा सबै मन्त्रालयहरुले आफुले गरेका कार्यक्रमको प्रगति र समस्याबारेमा पस्तुत गरेका थिए ।
कार्यक्रममा कर्मचारी अभावका कारण प्रदेशको अधिकार भएका बिषयामा पनि काम गर्न गाह्रो भएको, संघीय कानुन नबन्दा नितिगत समस्या भएको   मन्त्रालयहरुले रिपोटिङ  गरेका थिए ।
 सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा आवश्यक भएका कानुनहरु बनाउन बिषयगत मन्त्रालयले पहल गरे अघि बढ्नु पर्ने बताएका थिए । 
बिषयत मन्त्रालयहरुले   बजेट कार्यक्रम कार्यान्वयनमा जोड दिएर बजेट खर्चको अवस्थालाई सुधार गरेर लैजान मुख्यमन्त्री शाहले निर्देशन दिएका थिए ।