धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

६ किलो चरेससहित बझाङमा दुई जना पक्राउ

६ किलो चरेससहित बझाङमा दुई जना पक्राउ

धनगढी बझाङमा किलो भन्दा बढी लागूऔषध चरेससहित बझाङमा दुई जना पक्राउ परेका छन्

दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुप प्र०१००९ १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका का प्रेम बोहरा सोही गाउँपालिकाको का सुनिल बोहरा चरेस सहित पक्राउ परेका हुन्

उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको उनीहरुको साथबाट किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले जानकारी दिए मोटरसाइकल सहित नियन्त्रणमा लिइ उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको

मंगलबार मात्रै केदारस्युँ गाउँपालिकाको एम्बुलेन्सबाट धनगढी लैजाँदै गरेको तीन किलो चरेससहित चालक रामबहादुर खातीलाई कैलाली प्रहरीले प्रक्राउ गरेको थियो