धनगढी पोष्ट
बिहिबार, २८ मङि्सर २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मातृ शोकमा परेका प्रदेश सभा सदस्य शिव सिंह ओलीको घरमा पुगेर शोक तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रदेश सभा सदस्य ओलीकी आमा मनकला देवि ओली निधनको १३औं दिनको पुण्डे तिथीका अवसरमा बिहीबार मुख्यमन्त्री कमलबहादुर शाह डोटीको जोरायल गाउँपालिका–२ गरुड स्थित ओलीको घरमै पुगेर मृतक प्रति श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।
प्रदेश सभा सदस्य ओलीका आमाको यही मंसिर १६ गते उपचारका क्रममा ६८ बर्षको उम्मेरमा निधन भएको थियो ।