धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

प्रजनन् स्वास्थ्य देशको भविश्य संग जोडिएको छ : मन्त्री साउँद

प्रजनन् स्वास्थ्य देशको भविश्य संग जोडिएको छ : मन्त्री साउँद

धनगढी सुदूरपशिचम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदेले यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सुधार नभई देशको भविश्य उज्वल हुन नसक्ने बताएका छन्

शुक्रबार धनगढीमा आयोजित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार वृहत यौनिकता सम्बन्धी प्रदेश स्तरिय समन्वय बैठकमा मन्त्री साउँदले प्रजनन् शिक्षाका बारेमा राम्ररी बुझाउन सके मात्रै किशोर, किशोरीलाई भविश्वको जिम्मेवार नागरिक बनाउन सकिने बताए

यौन तथा प्रजनन् विषयमा किशोर, किशोरीलाई बढी चासो हुने गर्दछ, मन्त्री साउँदले भने, ‘उनिहरुलाई त्यस विषयमा सही ज्ञान दिन सके मात्रै विकृति गलत बाटोमा जानबाट रोकन सकिन्छ, उनिहरुले उचित शिक्षा प्राप्त नगरे देश समाजका लागि समस्या बन्न सक्दछन् मन्त्री साउँदले पछिल्लो समय किशोर किशोरीहरु लागु औषधको दलदलमा फस्न थालेका भन्दै त्यसले देशलाई नराम्रो असर पर्ने बताए

सक्षम युवा विदेशिन थालेका छन्, गाउँघरमा बस्ने युवा युवति कुलतमा फस्न थालेका छन्, मन्त्री साउँदले भने, ‘यो समस्या प्रति तीनै तहका सरकार गम्भिर हुन जरुरी , अन्यथा देशले नराम्रो क्षेति व्यहोर्नुपर्ने तीन वटै तहका सरकारले किशोर, किशोरी मैत्री नीति निर्माण गरेपनि समायनुकुल हुन नसकेको बताउँदै मन्त्री साउँदले बनेका नीतिलाई आवश्यक परिमार्जन गर्दै लैजानु आवश्यक भएको बताए

मन्त्री साउँदले आगामी बर्षदेखि यौन तथा प्रजनन् शिक्षाका लागि योजना ल्याउने ती योजना कार्यान्वयन गर्न आवश्यक पर्ने बजेको पनि व्यवस्था गरिने बताए

प्रदेश सामाजिक विकास समितिकी सदस्य तुलसी देवकोटाले  किशोर कशोरी मैत्रि व्यवस्थाकालागि तीन वटै सरकार विच समन्वयकारी भुमिका हुनु अपरिहार्य रहेको बताइन् उनले किशोर, किशोरीलाई सभ्य बनाउन परिवार सवैभन्दा बढी जिम्मेवार बन्नु पर्ने बताइन् त्यसबाहेक विद्यालय शिक्षा नीति पनि प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन् धेरै युवा आर्थिक समस्याका कारण पढ्नबाट बञ्चित हुनेगरेको उनिहरुले यौन तथा प्रजनन् शिक्षाका बारेमा राम्रो शिक्षा नै नपाउने गरेको उनले बताइन् कसैलाई पनि पढ्ने अवसरबाट बञ्चित हुन नदिन निशुल्क शिक्षा रोजगारीको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिइन्

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले   यौन तथा प्रजनन् विषय शिक्षा स्वास्थ्य क्षेत्रबाटमात्रै सम्बोधन हुन नसक्ने बताए उनले यौन तथा प्रजनन् शिक्षालाई सरल बनाउन  किशोर, किशाररीलाई सही बाटोमा हिडाउन घर, समाज, विद्यालय, सरकार गैरसरीकारी निकायको हातेमालो आवश्यक पर्ने बताए

सुरक्षित मातृत्व सञ्जाल नेपालको सहकार्य, यार्ड नेपालको आयोजनामा तथा राईट हेयर, राईट नाउ परियोजनाको सहकार्यमा सञ्चालित बैठकमा नेपाल सरकारको समन्वय रहेको थियो

बैठकको उद्देश्य तथा कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सुरक्षित मातृत्व सञ्जालका अध्यक्ष तपेन्द्र भुषालले सुदूरपश्चिममा यौन तथा प्रजनन् शिक्षाको अवस्था कस्तो छ?, विद्दमान नीतिमा भएका समस्या के हन्?  आगामी दिनमा कसरी काम गर्ने? भन्ने बारेमा स्पष्ट हुनु जरुरी रहेको बताए सुदूरपश्चिम प्रदेश सरकारले यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी ऐन निर्माण गरेको भएपनि सो ऐन कार्यान्वयन हुन ढिलाई भएको उनले बताए

कार्यक्रममा यार्ड नेपालको राईट हेयर राईट नाउ कार्यक्रमबारे तयार पारिएको प्रतिवेदन संस्थाका सदस्य महेन्द्र शाही प्रस्तुत गरेका थिए उनका अनुसार यार्ड नेपालले धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका कञ्चनपुरको कृष्णपुर नगरपालिकामा यौन तथा प्रजनन् सुरक्षा सम्बन्धी काम गर्दै आएको धनगढीका, गोदावरीका कृष्णपुर नगरपालिकाको एक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए

त्यसैगरी सामाजिक विकास मन्त्रालयलका बरिष्ट स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गरिरहेको काम आगामी योजना समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए, भने यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ कमल तारा बज्राचार्यले विद्यामान नीति, कार्यान्वयनको अवस्था, चुनौती तथा आगामी दिनमा कसरी काम गर्ने भन्ने विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरेकिथिइन्

यार्ड नेपालका अध्यक्ष बन्सीराम चौधरी -स्माईल_को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो