धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा बस  सेवा सँचालन गर्न  सुदुरपश्चिम प्रदेश सरकारद्धारा छलफल शुरु

सुदूरपश्चिममा बस  सेवा सँचालन गर्न  सुदुरपश्चिम प्रदेश सरकारद्धारा छलफल शुरु

धनगढी सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो पहलो पूर्ण बजेट मार्फत प्रदेश गौरबको योजनाका रुपमा अघि सारेको प्रदेश बस सञ्चालन गर्ने योजनामा फेरी छलफल अघि बढाउन थालेको

भौतिक पुर्णधार बिकास मन्त्रालयका सूचना अधिकारी इन्जिनियर सुरेश राज भट्टका अनुसार बस सञ्चालनको ठोस योजना तयार भइ नसकेको भए पनि कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको तर सचिव सरुवाका कारण वृहत छलफल हुन सकेको छैन

प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷०७६ मै प्रदेश बस सञ्चालन गर्ने घोषणा गरेको थियो तर पहिलो प्रदेश सरकारको कार्यकालमा सो योजना पुरा हुन सकेन सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷०७६ मा एक करोड  आर्थिक बर्ष २०७६÷०७७ मा प्रदेश बस सञ्चालन गर्ने भन्दै ५० लाख बजेट पनि छुट्याएको थियो

तर बस कसरी सञ्चालन गर्ने कुनकुन रुटमा बस चनाउने भन्ने विषयामा राम्ररी छलफल समेत भएन आर्थिक बर्ष २०७७÷०७८ पछि भने प्रदेश बस सञ्चालनका लागि बजेट नै छुट्याइएको थिएन

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार बनेपछि भने प्रदेश बस सञ्चालनका लागि पुनः छलफल हुन थालेको हो सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका अनुसार चालु आर्थिक बर्षमै प्रदेश बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने गरी छलफल चलाइएको तर बिचमा मन्त्रालयका सचिवको सरुवा भएपछि बाँकी छलफल हुन नसकेको भौतिक पुर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी इन्जिनियर सुरेश राज भट्टले बताए भर्खरै नयाँ सचिव मन्त्रालयका आउनु भएको , सूचना अधिकारी भट्टले भने, ‘अव त्यस विषयमा थप छलफल हुन्छ होला

सूचना अधिकारी भट्टका अनुसार प्रदेश बस सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिने वा प्रदेश सरकार आफैले चलाउने भन्ने विषयमा छलफल भइरहेको स्थानीय तहलाई सञ्चालन गर्ने जिम्मा दिंदा सञ्चालन गर्न सहज हुने भएका कारण सो बारेमा छलफल भइरहेको उनले बताए उनले प्रदेश बस विद्युतबाट सञ्चालन हुने बताए सुरुवाती चरणदेखि नै प्रदेश बस सञ्चालन गर्दा विद्युतीय बस सञ्चालन गर्ने बारेमा छलफल भएको रहेछ, उनले भने, ‘अहिले त्यो माहोल पनि बनिरहेको , अव पेट्रोल बसको बारेमा छलफल हुँदैन

प्रदेश बस सञ्चालन गर्ने योजना मात्रै नीतिमा ल्याइएको भए पनि सो सम्बन्धमा हालसम्म कार्यबिधि भने नबनेको सूचना अधिकारी भट्टले बताए

सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पुर्ण बजेटमामा प्रदेश गौरबको योजनामा राखेर तत्कालका लागि कैलाली कञ्चनपुरमा प्रदेश बस सञ्चालन गर्ने जनाएको थियो