धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

हात्ती आतंकले त्रसित बन्दै भीमदत्तका नागरिक

हात्ती आतंकले त्रसित बन्दै भीमदत्तका नागरिक

धनगढी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती वस्तीमा पस्न थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका नागरिक त्रसित बन्न थालेका छन्

बर्षा सकिएपछि हात्ती भीमदत्तका विभिन्न वस्तीमा छिर्न थालेका थिए रातीको समयमा हात्ती वस्तीमा पस्ने बालीनाली नोक्सान गर्दै घर भत्काउँन थालेपछि स्थानिय त्रसित बनेका हुन्

भीमदत्त नगरपालिका १३ देखि १९ सम्म शुक्लाफाँटा निकुञ्ज किनारका सबै वस्तीमा दैनिक जसो हात्ती आउने गरेका छन् हात्तीले स्थानीयको बालीनाली, तरकारी कच्ची घर भत्काएको भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतले हात्तीको त्रासले निकुञ्ज किनारका वस्तीमा त्रास फैलिएको बताए

अहिले वडा नम्बर १३ देखि किनारका सबै वडामा हात्ती दिनदिनै राति आउने गरेकोले त्रास बढेको बताए हात्तीबाट कसरी जोगिने हो भन्ने समस्या चिन्ता लागेको उनले बताएका छन् भीमदत्त नगरपालिका कार्यपालिका सदस्य चक्र सुनारले हात्तीको त्रासले वासिन्दाको रातको निन्द्रा हराएको बताए हात्ती कति बेला आएर नोक्सान गर्ने हो भनेर रातभरि सुत्न नपाएको उनले भने

उनका अनुसार हात्तीले स्थानीयको गहुँबाली कुल्चेर नोक्सान गरि दिएको शुक्लाफाँटाबाट राति तीन चार हात्ती एक साथ अर्को हात्ती एक्लै वस्तीमा आउने गरेको स्थानीय बताएका छन् एक्लै वस्तीमा आउने हात्ती पटाका पड्काउँदा पनि हलचल नगरी बस्ने गरेको कार्यपालिका सदस्य सुनारले बताए