धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

निस्वार्थ काम गर्छु, व्यक्तिगत छवि राम्रो बनाउँछु : प्रमुख जिल्ला अधिकारी

निस्वार्थ काम गर्छु, व्यक्तिगत छवि राम्रो बनाउँछु : प्रमुख जिल्ला अधिकारी

धनगढी कैलालीमा नयाँ आएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आफुलाई कुनै स्वार्थ मोह नभएका कारण निस्वार्थ काम गर्ने दावि गरेका छन्

आफ्नो एउटै स्वार्थ भनेको व्यपिक्तगत छवि राम्रो बनाउने कुसल प्रशासक बन्नु रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए मैले विगतमा पनि त्यसै अनुसार काम गर्दै आएको , शुक्रबार पत्रकारसंगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले भने, ‘आगामी दिनमा पनि निस्वार्थ भएर, जनतालाई निश्पक्ष सेवा दिएर काम गर्ने छु, वेक्तिगत छवि राम्रो बनाउने मेरो एउटै स्वार्थ

प्रमुख जिल्ला अधिकारी मिश्रले कैलाली लागु औषध ओसारपसारको हव बन्न थालेको भन्ने नराम्रो सन्देस जानथालेको भन्दै त्यसलाई रोक्न लागिपर्ने बताए

सीमा समस्या यहाँको अर्को समस्या हो, प्रमुख जिल्ला अधिकारी मिश्रले भने, ‘राजस्व छलिको समस्या पनि ठुलै , त्यसलाई रोक्न लागिपर्ने छु

प्रमुख जिल्ला अधिकारी मिश्रले जिल्लाको शान्ति, सुरक्षा, सुव्यवस्था सुशासनलाई कायम राख्न आफू यहाँ आएको बताए यो जिल्ला सरुवा भएर आउँदै गर्दा मलाई धेरै जनाले बधाई दिएका छन् उनले भने, के कारणले बधाई दिए मलाई थाहा छैन तर, यो जिल्लाको लागि काम गर्न आएको हुँ, उनले भने, यहाँको शान्ति, सुरक्षा, सुशासनलाई कायम राख्नुबाहेक मेरो अरू कुनै स्वार्थ हुने छैन

प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सेवालाई गुणस्तरीय बनाउनु आफ्नो दायित्व रहेको त्यसको सुरुवात आफ्नै कार्यालयबाट गर्ने उल्लेख गरेका छन् यसैगरी १०१ किलोमिटर नेपालभारत खुला सिमाना रहेकाले यहाँ भइरहेको अवैध चोरी, पैठारी नियन्त्रण गरेर राजस्व चुहावट रोक्ने कार्यमा पनि आफ्नो प्रमुख भूमिका रहने बताए

जिल्लामा रहेको राजस्व चुहावट नियन्त्रणसम्बन्धी समिति केन्द्रमा रहेको समितिले आफ्नै ढङ्गले काम गर्ने गरेको प्रमुख जिल्ला अधिकारीको भनाइ दुवै समितिबिच खाडल देखिएको भन्दै उहाँले आफूले यी समितिबिच समन्वयका लागि पुलको काम गर्ने बताए   कैलालीमा क्रस बोर्डर सुरक्षा चुनौती रहेको प्रमुख जिल्ला अधिकारी मिश्रको ठहर

यसै गरी अहिले नेपालभारतको सीमा निर्धारण गर्ने पिल्लर मर्मतको काम भइरहेकाले पिल्लरलाई पनि प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए उनले सरकारी सेवा प्रवाहमा बिचौलियाको प्रयोग रकम असुल्ने कार्यप्रति आफूले शून्य सहनशीलता अपनाउने दावी गरेका छन्   यस्तै प्रमुख जिल्ला अधिकारी मिश्रले आफु राम्रो काम गर्न आएको काममा मात्रै ध्यान हुने उनले बिश्वास दिलाएका छन्