धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
उदयदेव बहुउद्देश्यीय सहकारीको २५ औं साधारण सभा

सुदुरपश्चिम सरकार सहकारीको दिर्घकालीन योजना निर्माण गर्न अघि बढिरहेको छ: देउवा

सुदुरपश्चिम सरकार सहकारीको दिर्घकालीन योजना निर्माण गर्न अघि बढिरहेको छ:  देउवा

महेन्द्रनगर   सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले सुदुरपश्चिम प्रदेश सरकार सहकारी क्षेत्रको बिकासका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था, दिर्घकालिन रणनीतिक योजना निर्माण गरि अगाढी बढिरहेको बताएका छन्

 स्थानिय स्रोतसाधन,कृषि,उत्पादन, भण्डारण, प्रशोधन बजारीकरण तथा युवाहरुलणई स्वरोजगर बनाउन प्रदेश स्वरोजगार कोष मार्फत सहकारीलाई परिचालन गरि सहुलियतपूर्ण क्रण दिने प्रदेश सरकारका नीति तथा कार्यक्रम संचालनमा  रहेको शनिबार उदयदेव  सहकारी संस्थाको २५ औं साधारण सभाको उद्घाटनका क्रममा मन्त्री देउवाले बताए

सुदुरपश्चिम प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी तथा बिकास सम्मेलनमा सहकारीहरुले सम्भावित ठुला सहकारी खेती, सहकारी उद्योग, सहकारी बितरण केन्द्र सहकारी व्यवसायको बिकास तथा प्रर्वद्धनका लागि भौतिक पूर्वाधार सुविधा सहितको बजार तथा मुल्य श्रृंखलामा बृद्धि हुने परियोजना निर्माण गरि अगाडी बढ्न सक्ने बताए

उदयदेवले  समुदायमा छरिएर रहेको श्रम, सीप, प्रविधि तथा पूँजीलाई परिचालन गरी गरिवि निवारण गर्न राष्ट्रिय अर्थतन्त्रमा योगदान  पु¥याउन महत्वपूर्ण योग्दान गरेको उल्लेख गर्दै मन्त्री देउवाले सरकारी निजी क्षेत्र पुग्न नसकेका ग्रामीण क्षेत्रमा रहेको रकमलाई वचत लगानीका माध्यमबाट सहकारीले रकम संकलन गरी ग्रामीण अर्थ व्यवस्थामा टेवा पुरयाएको बताए

  शेयरधनी सदस्यबाट बचत परिचालन गरी सेयर सदस्य मध्ये महिला सदस्यलाई सुत्केरी भत्ता, सेयर सदस्यको मृत्यु पश्चात प्रदान गरिने काज किरिया खर्च लगायत ऋणी सेयर सदस्यको अभिभावकको मृत्यु भएमा कर्जा मिनाहा, बिमा बापतको रकम सेयर सदस्यहरूमा कुनै जटिल प्रकृतिको रोग लागी उपचारमा समेत सहयोग रकम हस्तान्तरण संस्थाले कृषि क्षेत्रका लागी मल, बीउ प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरी बजार मुल्य भन्दा १० प्रतिशत बढी मुल्यमा धान गहुँ खरिद जस्ता कार्यहरु निकै प्रशंसनिय रहेको उल्लेख गर्दै मन्त्री देउवाले सहकारीलाई ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, आय आर्जन, गरिवी निवारणको माध्याम बनाउनका लागि यसको बिकास, विस्तार प्रर्वद्धन एवं लक्षित वर्गमुखि बनाउन आवश्यक रहेको समेत बताए

उदयदेव सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दले तराई    पहाडमा बस्ने सदस्यहरुको बित्तीय कारोवारसँग कृषि उत्पादन उपभोग्य बस्तुहरुको बजारीकरण गर्न सुदुरपश्चिम प्रदेश भरिमा कार्यक्षेत्र बिस्तार गर्ने लक्ष्य लिएको बताए   अधयक्ष चन्दले चालु आर्थिक बर्षमा कैलालीमा दुई सेवा केन्द्र संचालन गर्ने योजना रहेको बताए

 उदयदेवका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले  सदस्यहरुबाट संकलित रकम सदस्यहरुकै आवश्कयताका आधारमा लगानी गरिएकोले उदयदेव सहकारी सुरक्षित भरपर्दो रहेको बताए   उदयदेवमा सदस्यहरुले जम्मा गरेको सबै निक्षेप रकम भिक्न सबै बचतकर्ताहरु एकै दिन आए पनि भुक्तानी दिन सहकारी सक्षम रहेको प्रमुख कार्यकारी अधिकृत चन्दले बताए

साधारण सभाको उद्घाटन शत्रमा  राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक नवीन क्षेत्री, निर्माण व्यवसायी संघ कन्चनपुरका अध्यक्ष निरन्जन प्रसाद भट्ट, कन्चनपुर बहुउदेश्यीय सहकारी संघ कन्चनपुरका अध्यक्ष प्रेम सिंह भाट, जिल्ला  सहकारी संघका उपाध्यक्ष खगेश्वरी केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए

कन्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेव सहकारीका कन्चनपुर, कैलाली, डडेल्धुरा बैतडीमा सेवा केन्द्र रहेका छन्   उदयदेवमा २३ हजार सय ३८ जना शेयरधनी सदस्यहरु रहेका छन्