धनगढी पोष्ट
आइतबार, ०८ पुष २०८० मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्वन्धी कार्यविधि २०८० को बिरुद्ध जग्गा व्यवसायीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जग्गा व्यवसायी संघका अध्यक्ष उपेन्द्र राज अवस्थीले धनगढी उपमहानगरपालिका तथा नगर प्रमुखलाई बिपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
सर्वोच्च अदालतले प्रतिबादी नगर प्रमुखलाई पौष ११ गतेका दिन पेशी तोकेको छ ।
धनगढी उपमहानगरपालिकाले मंसिर २४ गते कार्यविधि पारित गरेको थियो । उपमहानगरपालिकाका बहुसंख्यक सदस्यले कार्यबिधि बिधिसम्मत रुपमा पारित नभएको भन्दै बिरोध गरिरहेका छन् ।