धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

पालिकाहरुमा स्थानीय सरकार लेख्न गाउपालिका महासँघको आव्हान

पालिकाहरुमा स्थानीय सरकार लेख्न गाउपालिका महासँघको आव्हान

धनगढी गाउपालिका राष्ट्रिय महासंघले सबै गाउँपालिकाहरुलाई आफ्ना बोर्ड तथा लेटरहेडमा स्थानीय सरकार लेख्न आव्हान गरेको

गाउपालिका नगरपालिकाहरुलाई  नेपालको कानुनले नै स्थानीय सरकारको रुपमा व्यवस्था गरेको भन्दै गाउपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रिय कार्यसमितिको  शनिबार बसेको पाँचौ बैठकले  आवश्यक नीतिगत व्यवस्था गरि स्थानीय सरकार लेख्न आव्हान गरेको हो

नेपालको संविधान संघीय कानुन - स्थानीय सरकार सञ्चालन ऐन, २०७४) ले गाउँपालिका नगरपालिकाहरु स्थानीय सरकार हुन् भन्ने कुरा स्पष्ट गरेको बैठकको निर्णयमा भनिएको   गाउँपालिकाहरुको बोर्ड तथा लेटर हेड प्रयोगमा स्थानीय सरकार नै उल्लेख गर्न, गाउँकार्यपालिकाको कार्यालय गाउँ सभाको सचिवालयको बेग्ला बेग्लै बोर्ड, लेटर हेड, छापको प्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्न सबै गाउँपालिकाहरुमा हार्दिक आव्हान गर्दछौं

स्थानीय सरकार लेख्नका लागि आवश्यक नीतिगत व्यवस्थाको सहजिकरण गर्ने निर्णय महासंघले गरेको

महासंघले संघीय सदनमा बिचाराधिन बिद्यालय शिक्षा सम्वन्धी बिधेयक स्थानीय सरकारसँग पर्याप्त छलफल गरेर मात्र संसदमा पेश गर्न आग्रह गरेको   शिक्षा सम्वन्धी बिधेयकमा तहगत सरकारका एकल अधिकारमा हस्तक्षेप नहुने गरि व्यापक परिमार्जन गर्नु पर्ने भएको भन्दै  परामर्श गर्न महासँघले आग्रह गरेको हो

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय असफल देखिएको भन्दै बैठकले स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न सरुवा प्रणाली व्यवस्थित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको