धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

प्रदेशको समृद्धिको लागि संघीय सरकारसँग जुझ्न पनि तयार : मुख्यमन्त्री शाह

प्रदेशको समृद्धिको लागि संघीय सरकारसँग जुझ्न पनि तयार : मुख्यमन्त्री शाह

काठमाडौँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास समृद्धिका लागि संघीय सरकारसाग जुध्नसमेत तयार हुने बताएका छन् प्रदेशको विकास समृद्धिका लागि संघीय सरकारसँग आफुहरु अल्झिन नचाहेको उनको भनाइ थियो

काठमाडौंमा सोमबार आयोजित सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन पर्यटन व्यवसायीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्याउन पनि निजी क्षेत्रलाई आहृवान गरे त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उनको भनाइ थियो

मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दोहोरयाए उनले यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको पनि स्पष्ट पारे मुख्यमन्त्री शाहले देशभित्रै लगानीको वातावरण बनाउन सके मात्रै बाह्य मुलुकबाट पनि लगानी भित्याउन सकिने भएकाले सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजी क्षेत्रले जुटनुपर्ने तर्क गरे

कांग्रेसकी सांसद आरजु राणाले सुदूरपश्चिम क्षेत्रको उत्थानका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन् उनले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सो ठाउँमा भित्र्याउनका लागि बनाउने कानुनको बारेमा संघीय संसदलाई सुझाव दिन पनि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरिन्

 लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने विकास तथा लगानी सम्मेलनमा संघीय सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए