धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

त्रिनगर नाकामा क्यारेन्टाईन चेकपोष्ट सञ्चालन

साउन देखि बन्द रहेको क्वारेन्टाइन टुर मुकामलाई सरकारले चेकपोष्टका रुपमा मंसिर अनितम साता देखि सञ्चालन गरेको हो ।

त्रिनगर नाकामा क्यारेन्टाईन चेकपोष्ट सञ्चालन

 

धनगढी धनगढी स्थित त्रिनगर भन्सार नाकामा संघिय सरकारले प्लान्ट क्वारेन्टाईनमा चेकपोष्ट सञ्चालन गरेको

क्वारेन्टाइनको मुख्य कार्यालय कञ्चनपुरमा रहने भए पनि अव त्रिनगर भन्सार नाकामा वैधानिक रुपमै कार्यालय सञ्चालन भएको प्लान्ट क्वारेन्टाईन चेकपोष्ट त्रिनगर नाकाका प्रमुख प्राविधिक प्रमोद ठगुन्नाले बताए

पहिले टुर मुकाम राख्ने निर्णय राजपत्रमा प्रकाशित भएको थिएन, कसरी कार्यालय राखिएको थियो, त्यो पनि जानकारी थिएन, चेकपोष्ट प्रमुख ठगुन्नाले भने, ‘अहिले राजपत्रमा प्रकासित गरेरै सरकारले त्रिनगरमा प्लान्ट क्वारेन्टाइनको चेकपोष्ट राख्ने निर्णय गरेको , राजपत्रमा प्रकाशित भएपछि अव ढुक्कसंग कार्यालयले काम गर्ने

त्रिनगर नाकामा सञ्चालन हुँदै आएको प्लान्ट क्वारेन्टाइनको टुर मुकाम साउन २८ गते देखि बन्द भएको थियो सरकारले बजेट नै नछुट्याएपछि टुर मुकामको कार्यालय बन्द भएको हो

टुर मुकाम बन्द भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह प्रदेश मन्त्रीले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटेर त्रिनगरमा प्लान्ट क्वारेन्टाइन सञ्चालन गर्न माग गरेका थिए, भने यहाँका व्यापारीले पनि प्रधानमन्त्री लगायत संघिय सरकार मातहत रहेका मन्त्रालयको ध्यानाकर्षण गराएका थिए

मुख्यमन्त्री शाहको आग्रह पछि नेपाल सरकारले मंसिर २१ गतेको मन्त्री परिषदको बैठकबाट त्रिनगर भन्सार नाकामा बिरुवा वा बिरुवा जन्य उपज निकासी वा पैठारी गर्दा जाँच वा उपचार गर्न क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने निर्णय गरेको हो चेकपोष्ट स्थापना भएपछि भारतबाट आयात हुने खाद्य तथा विरुवा आयात नेपालबाट नि¥यात गर्ने कार्य सुचारु भइसकेको चेकपोष्टका प्रमुख ठगुन्नाले बताए बिरुवा क्यारेन्टाइन तथा संरक्षण ऐन २०६४ को दफा ३३ अनुसार सरकारले आवश्यकता अनुसार राजपत्रमा प्रकाशित गरेर कार्यालय खोल्ने निर्णय गरेको , उनले भने, ‘अव चेकपोष्टले सहज रुपमा काम गर्न पाउने

हाल एक जना प्राबिधिक सहित तीन जना कर्मचारी चेकपोष्टमा खटाइएकोमा माघ पछि थप एक जना प्राबिधिक कर्मचारी थपिन सक्ने उनले बताए

चेकपोष्टले कृषि तथा वन पैदावारको प्रवेस अनुमति पत्र जारी गर्ने, नेपालबाट निकासी हुने कृषि तथा वन पैदावारको ( फाइटो सेनेटरी ) बिरुवा स्वस्थता प्रमाणपत्र जारी गर्ने छुट पुर्जि जारी गर्ने काम गर्ने

त्रिनगर भन्सार नाकामा चेकपोष्ट स्थापना भएपछि यहाँका व्यवसायी खुशी भएको नेपाल उद्योग वाणिज्य महाँसंघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग वणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए  क्वारेन्टाइनको टुरमुकाम बन्द भएपछि त्रिनगर भन्सार कार्यालयबाट खाद्य वस्तु आयात निर्यात ठप्प बनेको थियो, अध्यक्ष कुँवरले भने,  ‘जसका कारण हामीलाई नेपालगञ्ज हुँदै भारतबाट सामग्री भित्र्याउनु पर्ने बाध्यता आइरहेको थियो, सरकारले अहिले फेरी चेकपोष्ट स्थापना गरेको , यसले यहाँका व्यासायी मात्र नभई उपोभक्तालाई पनि सहज हुने

व्यवसायीको लगातारको दवाव सुदूरपश्चिम प्रदेश सरकारले देखाएको सक्रियताका कारण त्यो सम्भव भएको बताए प्रदेश सरकारले त्रिनगर नाकामा कार्यालय स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको , अध्यक्ष कुँवरले भने, ‘यहाँका व्यवसायले एक जुट भएर निएको दवावले पनि संघिय सरकारलाई निर्णय गर्न बाध्य बनाएको हो जस्तो लाग्छ