धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

कोरोना संक्रमतिको नयाँ भेरियन्ट परिक्षण गरिंदै

कोरोना संक्रमतिको नयाँ भेरियन्ट परिक्षण गरिंदै

धनगढी पछिल्ला एक साता यता भारतबाट नेपाल भित्रीएका नागरिकमा पुनः कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य निर्देशनालयले नयाँ भेरियन्ट हो वा होइन भन्ने बारेमा संक्रमितको स्वाव परिक्षण गर्न थालेको

भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमुना जाँच गर्दा आठ जनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिए

सङ्क्रमित चारको नमुना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको चार सङ्क्रमितको नमुना आज पठाउने तयारी भइरहेको , उनले भने, ‘सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमुनाको थप परीक्षण गर्न जरुरी भएको हो

सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाईहोम आइसोलेसन मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताए कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराएको पनि साउदले बताए

स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा भने पछिल्ला तीन दिनमा प्रदेशमा तीन जना कोरोना सङ्क्रमित फेला परेको उल्लेख गरिएको पछिल्लो २४ घण्टामा गौरीफन्टा गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शङ्कास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पुस गते दुई जनामा सङ्क्रमण फेला परेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख