धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

खैरो हिरोईन सहित अत्तरियाबाट २ जना पक्राउ

खैरो हिरोईन सहित अत्तरियाबाट २ जना पक्राउ

धनगढी कैलालीको अत्तरिया कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट खैरो हिरोइन सहति दुई जना पक्रा परेका छन्

प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका चौकी डाँडाबाट एक कञ्चनपुरको कृष्णपुर नगरपालिका बाट एक जनालाई खैरो हिरोइन सहति पक्राउ गरिएको हो

सुदूरपश्चिम प्रदेश, प्रहरी कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर चौकी डाँडाबाट २६ वर्षीय राजेश लुहार पक्राउ परेका हुन् प्रहरीले उनको साथबाट सय २० मिलिग्राम लागु औषध फेला पारेको इलाका प्रहरी कार्यालय, मालाखेतीको टोलीले उनलाई पक्राउ गरेको हो

यस्तै, कञ्चनपुरका कृष्णपुर नगरपालिका का २८ वर्षीय हरिश भण्डारीसमेत पक्राउ परेका छन् बुधवार साँझ उनको साथबाट प्रहरीले तीन ग्राम ४७ मिलिग्राम लागु औषध फेला पारेको थियो उनलाई प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो