धनगढी पोष्ट
बिहिबार, १२ पुष २०८० मा प्रकाशित
धनगढी । राष्ट्रियसभा सदस्य चुनावका लागि सुदूरपश्चिमको निर्वाचन अधिकृतमा ओमप्रसाद अर्याल नियुक्त भएका छन् । माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
आयोगका अनुसार सुदूरपश्चिममा ओमप्रसाद अर्याल, कोशीमा दुर्गाप्रसाद ढुंगेल, मधेसमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की र कर्णालीमा विष्णुप्रसाद अर्याल निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागु हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्त गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।