विप्लव माओवादीका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन पक्राउ

विप्लव माओवादीका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन  पक्राउ

धनगढी

 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र उनकी श्रीमती  पुर्णिमा धामी बुुधबार पक्राउ परेका छन् । धामी अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) ब्युरो इन्चार्ज हु्न् ।

  पुनः र धामीलाई प्रहरीले धनगढी उपमहानगरपालिकाको बेलीबाट बिहान करिब ७ बजे पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा खटिएको बिशेष प्रहरी टोलीले खोज तलास गर्दै जाँदा धनगढी उपमहानगपालिका वडा नम्बर ७ को बेली स्थित सडक खण्डमा प्रदेश १०३००५ प ९५९७ नम्बरको मोटरसाइकलमा सवार रहेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टद्धारा बिज्ञप्ति मार्फत जनाएका छन् ।   

 प्रहरीका अनुसार उनीहरुबाट कटुवा पेस्तोल थान १ र सोही पेस्तोलको १ राउण्ड गोली समेत बरामद भएको छ ।

 बिप्लव माओबादीका एक बिद्यार्थी नेताका अनुसार पुनलाई प्रहरीले केही दिनदेखि प्रहरीले  पिछा गरिरहेको थियो ।