धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सुदूरपश्चिममा बार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन, ३० हजार मेट्रिकटन उत्पादन पुर्याउने लक्ष्य

सुदूरपश्चिममा बार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन, ३० हजार मेट्रिकटन उत्पादन पुर्याउने लक्ष्य

धनगढी सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुन थालेको मत्स्यविकास केन्द्र गेटाका अनुसार कैलाली, कञ्चनपुरका सवै भन्दा बढी माछा उत्पादन हुने गरेको , भने पहाडी जिललामा पनि पछिल्लो समय माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्न थालेको

मत्स्यविकास केन्द्र गेटाका प्रमुख सूर्य शाहीका अनुसार अहिले पनि सुदूरपश्चिम प्रदेश पुर्ण रुपमा माछामा आत्मनिर्भर भने हुन सकेको छैन सूदूरपश्चिममा मागको ७५ प्रतिशत मात्रै माछा उत्पादन हुने गरेको उनले बताए यो पहिलाको भन्दा धेरै राम्रो सुधार हो, शाहीले भने, ‘तर अझै यहाँको मागलाई उत्पादनले पूर्ण रुपमा धान्न सकिरहेको छैन, माछा उत्पादन बढाउन कृषकलाई थप प्रोत्साहन गरिररहेका छौं

सुदूरपश्चिममा एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्याङ्कले देखाएको उत्पादनमा वृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्तिलाई १० केजी उपभोग गराउने लक्ष्य रहेको कार्यालय प्रमुख शाहीले बताए उनले आउँदो १० वर्षभित्र ३० हजार मेट्रिकटन उत्पादन पु¥याउने लक्ष्य रहेको जानकारी दिए