धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

पुस १५लाई विशेष बनाउन धनगढी रङ्गशालामा वृहत देउडा हुने

पुस १५लाई विशेष बनाउन धनगढी रङ्गशालामा वृहत देउडा हुने

धनगढी सुदूरपश्चिमेलीको महत्वपुर्ण पर्व पुस १५ लाई विशेष बनाउन आइतबार धनगढी रङ्गशालामा वृहत देउडा खेल आयोजना गरिएको

सुदूरपश्चिमेलीको संस्कृतिको संरक्षाण् गर्न नयाँ पुस्तालाई संस्कृति बारेमा जानकारी दिन देउडा प्रतियोगिता सञ्चालन गरिने आगेको आयोजक देउडा संस्कृति संरक्षण प्रतिष्ठानले जनाएको रंगशालामा हुने देउडा निशुल्क हेर्न पाइने देउडा संस्कृति संरक्षण प्रतिष्ठानका प्रदेश अध्यक्ष धुर्व बहादुर सिंहले बताए

उनका अनुसार देउडा कार्यक्रममा स्थानीय तथा राष्ट्रिय गरी करिव तीन सय जना कलाकारको मात्रै सहभागिता रहने कार्यक्रममा करिब दुई हजार देखी पाँच हजार मानिसको सहभागिता हुने अनुमान गरिएको उनले बताए

देउडा प्रतियोगिता सुदुरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए

वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीले परम्पराको जोगेर्नाका लागि कार्यक्रम आयोजना गरिएको बताए देउटा राष्ट्रकै महत्वपूर्ण संसकृति बनिसकेको , गायक रेग्मीले भने, ‘तर हाम्रा नयाँ पुस्ताले यसलाई विसर्नथालेका छन्, त्यसो हुन नदिन यो कार्यक्रम आयोजना गरिएको हो अवदेखि हरेक बर्ष पुस १५ मा प्रतिष्ठानले खुला देउडा प्रतियोगिता गर्ने उनले बताए