धनगढी पोष्ट 
                                शनिबार, १४ पुष २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । नेपाल नेत्रज्योति संघ सुदुरपश्चिम प्रदेश समितिको सभापतिमा पुनः चक्र  बहादुर सिंह निर्वाचित भएका छन् । शनिबार भएको संघको सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशनले सिंहको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति  चयन गरेको हो ।
निर्विरोध चयन भएको समितिको सदस्यमा सदस्यमा भुपेन्द्र थापा, गणेश राज बोहरा, करुणाकर भट्ट, दयाकृष्ण जोशी सिद्धराज भट्ट, हेमराज जोशी, महिला सदस्यमा ममता गुरुङ र रन्जना जोशी चयन भएका छन् ।
दुई सदस्य कार्यसमितिलिे मनोनित गर्नेछ । नवनिर्वाचित अध्यक्ष सिंहले दुई सदस्य मनोनित गर्ने र पदाधिकारीको जिम्मेवारी बाडफाडको काम कार्यसमितिको बैठक बसेर टुंग्याइने बताए ।
 यअघि भएको उद्घाटन शत्रमा संघका महासचिव भरत बहादुर चन्दले  गेटालाई बिश्वस्तरिय आखा अस्पताल बनाउने उदेश्यका साथ काम अघि बढाउन लागिएको बताए ।  गेटा अस्पतालमा नै अध्यापनको काम शुरु गरेर आम्दानी बढाइने र गुणस्तर सुधार गरेर बिश्वस्तरको आखा अस्पताल बनाइने बताए ।
 गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टले गेटा आखा अस्पतालले गरिरहेको सेवा गर्व लायक रहेको बताउदै अस्पतालमा प्राविधिक धारको अध्यापन गर्न परेमा आवश्यक पहल गर्न तयार रहेको बताए ।
संघका कोषाध्यक्ष दोर्ण गुरागाईले नेत्रज्योति संघले आखा अस्पताल सँचालन गरेर सरकारको दायित्व पुरा गरिरहेको बताए ।
संघका प्रदेश अध्यक्ष चक्र बहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेत्र ज्योति संघ कैलालीका अध्यक्ष लोकराज जोशी,  लायन्स क्ल्ब अफ इन्टरनेशनल मल्टिपल काउन्सिल चेयरपर्सन ३२५  सीबी चन्दले मन्तव्य व्यक्त गरेका थिए  । सचिव भुपेन्द्र थापाले संचालन गरेको उक्त कार्यक्रममा गेटा आखा अस्पतालका  निर्देशक डाक्टर सुरेशराज पन्तले आखा अस्पतालको सेवा सुविधाका बारेमा जानकारी दिएका थिए भने दयाकृष्ण पन्तले स्वागत गरेका थिए ।