धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

पुसे प्रन्ध मनाइँदै

पुसे प्रन्ध मनाइँदै

धनगढी सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ पर्व मनाइँदै बर्षकै लामो रात छोटो दीन हुने हुँदा एक अर्कामा रमाइलो गरेर पुसे १५लाई पर्वकारुपमा मनाइने गरिन्छ

ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको

सुदूरपश्चिममा पुस १५ को रातलाईठूली रातको रुपमा मनाइन्छ यो दिन गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन सुदूरपश्चिम प्रदेशमा आजठूली रात अर्थात्  ‘पुसे प्रन्ध हर्षोल्लासका साथ मनाइँदै हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ पुसे प्रन्धमा गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन यस्तै, तरुल, पिँडालु, सखरखण्ड खानाका मीठा परिकार खाने चलन

साहित्यकार जगदीश ओझाका अनुसार पुसे प्रन्धमा  गाउँका सबै एकापसमा भेटघाट गर्ने कहानी (आइना, बातै) सुन्ने तथा सुनाउने गरिन्छ कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने तागत बढ्छ अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उनले बताए