धनगढी पोष्ट 
                                आइतबार, १५ पुष २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । चवरा चौतारा समाज धनगढीको १८ औ बार्षिक साधारण सभा आइतबार धनगढीमा सम्पन्न भएको छ । 
डोटीको चवराचौताराबाट बसाइ सराइ गरि धनगढी बसोबास गरिरहेकाहरुले गठन गरेको समाजको १८ औ साधारण सभाको प्रदेश सभा सदस्य तथा एमाले नेता धर्म राज पाठकले उदघाटन गरेका हुन । 
साधारण सभामा प्रदेश सभा सदस्य पाठक र  प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले शुभकामना दिएका थिए । 
सो अवसरमा समाजका आजीवन सदस्य ज्येष्ठ नागरिक तथा उत्कृष्ट बचतकर्ता मेघराज पाठक, धारुदेवी बम, शान्ति उपाध्याय, सेवा निबृत सरकारी कर्मचारी, टीकाराम मिश्र र राम बहादुर बम लगायतलाई सम्मन गरिएको थियो ।