धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो बालकुमारीमा मृत्यु भएका अछामका शाहको शव

सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो बालकुमारीमा मृत्यु भएका अछामका शाहको शव

धनगढी ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह अर्का युवक दैलेखका सुजन रावतको शव नेपाली सेनाको स्काई ट्रक मार्फत सुर्खेत ल्याइएको

मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रक मार्फत सुर्खेत पर्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए

गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो

त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पु¥याइने एसपी कार्कीले बताए मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति गरेको थियो

मृतक परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एकएक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने दुबै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको थियो