धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

मनोमानी विदा बस्ने कर्मचारीको तलब कटौति गर्दै आलिताल

मनोमानी विदा बस्ने कर्मचारीको तलब कटौति गर्दै आलिताल

धनगढी डडेल्धुराको एक गाउँपालिकाले अनुमति नलिई बिदा बस्ने कर्मचारीको तलब काट्ने भएको आलिताल गाउँपालिकाले एक सूचना जारी गर्दै अनुमती नलिई बिदामा बस्ने कर्मचारीको तलब कटौती गर्ने जनाएको हो अत्यावश्यक काम बाहेक अनुमति नलिई बिदा बसेमा तलब काट्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता बिरबहादुर बोहराले बताए

गाउँपालिका अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदामा बस्नुपरे अनिवार्य रुपमा बिदा स्वीकृत गर्नुपर्ने बिदा स्वीकृत नै नगरी अनुमती बिना बसेको पाईए बिदा अवधिको निजले पाउने पारिश्रमिक अनुसार कटौती गरिने उनल जानकारी दिए