धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

दोधारा चादनीमा माओवादीको चार महिने अभियानको समापन

दोधारा चादनीमा माओवादीको चार महिने अभियानको समापन

धनगढी कन्चनपुरको दोधारा चादनीमा नेकपा माओवादीको  जन जनमा माओवादी  घर घरमा माओवादी   विशेष  रुपान्तरण अभियान अभियान समापन भएको गत भदौमा शुरु भएको अभियानका क्रममा घरघरमा गएर पार्टीका बारेमा सल्लाह सुझाव लिने, पार्टीको बारेमा बुझाउने काम भएको थियो

अभिायनका समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादीका स्थायी कमिटी सदस्य एवम सुदुरपश्चिम इन्चनर्ज खगराज भट्टले पार्टीलाई जनताका बीचमा अझै भिजाएर लैजानु आवश्यक रहेको बताए

 पार्टी सरकारमा रहेकोले जनताका आवाज सुनेर अघि बढ्न आफुले सल्लाह दिने इन्चार्ज भट्टले  बताए

संविधान सभा सदस्य एवम दोधारा चादनीमा अभियानका इन्चार्ज हरि श्रीपाईलीले  अभियानाका क्रममा पार्टीमा कामको मुल्यांकन गरिनु पर्ने, मुल्यांकनका आधारमा नै कारवाही जिम्मेवारीको व्यवस्था गर्न   माग आएको बताए पार्टी निती बिधानसम्मत रुपमा चल्नु पर्ने कार्यकर्ताको साझा आवाज रहेको बताउँदै संविधान सभा सदस्य श्रीपाइले अभियानका क्रममा आएका बिचारहरु पार्टी नेतृत्वलाई बुझाइने बताए