धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

राष्ट्रिय सभामा एक सिट नागरिक उन्मुक्तिलाई दिने सहमति भएको छ : रेशम चौधरी

राष्ट्रिय सभामा एक सिट नागरिक उन्मुक्तिलाई दिने सहमति भएको छ : रेशम चौधरी

धनगढी नागरिक उन्मुक्तिपार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम बाट राष्ट्रिय सभामा खालि हुने तीन सिट मध्य एक सिट आफ्नो पार्टीले पाउने दावि गरेका छन्

राष्ट्रिय सभाका लागि नागरिक उन्मुक्ति पार्टीलाई एक सिट दिने सत्तारुढ गठबन्धन दलविच सहमति भएको , संरक्षक चौधरीले भने, ‘त्यसै अनुसार हामीले तयारी गरेका छौं, खुल्ला, खस आर्य वा जनजाती जुन कलस्टरमा दिएपनि हामी मान्न तयार छौं

बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संरक्षक चौधरीले कुन कलस्टरमा आफ्नो पार्टीले सीट पाउने भन्ने कुरा यही पुस २१ गते (शनिबार) बस्ने सत्तारूढ गठबन्धनको बैठकले निर्णय गर्ने बताए

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य बनेका तीन जनाको पदावधि फागुनमा सकिँदैछ नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो

राष्ट्रिय सभाका लागि नागरिक उन्मुक्ति पार्टीका १७ वटा मत रहेको जसमा स्थानीय तहमा सात १० वटा केन्द्रको भोट रहेको चौधरीले बताए राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ