धनगढी पोष्ट
शुक्रबार, २० पुष २०८० मा प्रकाशित
धनगढी । समयमै धान खरिद प्रक्रिया सुरु नहुँदा कैलालीमा यस बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले लक्ष्यको एक तीहाई धानमा मात्रै चित्त बुझाउनु परेको छ ।
कैलालीका लागि चालु आर्थिक बर्षमा ६० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएकोमा १८ हजार क्वीन्टल धान मात्रै खरिद हुन सकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड धनगढीकी प्रमुख इन्जिला बस्नेतले बताइन् । उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हाल सम्म १८ हजार ६ सय ५२ क्विन्टल मात्रै धान खरिद गरेको छ ।
बस्नेतका अनुसार कैलालीमा धनगढीको मोहनपुर, टीकापुर, सत्ती, भजनी, बर्दगोरिया गरेर पाँच ठाउँबाट धान खरिद गर्न सुरु गरिएको थियो ।
तर कात्तीक अन्त्य सम्म अधिकांस किसानले धान खरिद गरिसकेको पाइएको र बाँकी रहेका किसानले पनि बाहीर राम्रो मुल्य पाइन थालेको भन्दै खाद्यलाई धान वेच्न मानेनन् । जसका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनिले कोटा अनुसारको धान पनि नपाएको उनले बताइन् ।