धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिमबाट मन्त्रीलाई फिर्ता बोलाउन माओबादी अध्यक्ष प्रचण्डसंग माग

सुदूरपश्चिमबाट मन्त्रीलाई फिर्ता बोलाउन माओबादी अध्यक्ष प्रचण्डसंग माग

धनगढी नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्यले सरकारमा सहभागि मन्त्रीलाई फिता बोलाउन माग गरेका छन्

शनिबार प्रदेश सभा सदस्यले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाउन माग गरेका हुन् प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको विषयमा गम्भीर हुन आग्रह गरेका हुन्

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता माल सहितका सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका छन् भण्डारी, धामी माल सहित माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल,शिवसिंह ओली लक्ष्मी विक सहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गरेका छन्

नेकपा माओबादी केन्द्रबाट जना  मन्त्री जना राज्य मन्त्री सरकारमा सहभागि छन् माओबादी केन्द्रबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी सामाजिक विकास मन्त्रीमा झपट साउद छन्, भने राज्य मन्त्री गीता माल सहभागि छन्

सरकार निकै सुस्त भयो, हाम्रो पार्टी बाट सरकारमा जानु भएकाहरूले पनि धेरै काम गर्न सक्नु भएन, माओवादीका प्रमुख सचेतक मानबहादुर धामीले भनेहाम्रा मन्त्रीलाई फिर्ता बोलाउन सरकार हेरफेर गर्न हामीले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई आग्रह गरेका छौँ

सुदूरपश्चिम प्रदेश सभामा माओवादीका सभामुख सहित ११ सांसद छन् बालुवाटारमै सरकार हेरफेर गर्न जना पुगेपछि प्रधानमन्त्री प्रचण्ड पनि गम्भीर भएका थिए जवाफमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सो विषयमा थप छलफल गरेर अघि बढ्ने बताए