धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हिमशिखर सहकारीले १२ प्रतिशत लाभांश दिने

हिमशिखर सहकारीले १२ प्रतिशत लाभांश दिने

धनगढी हिमशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले १२ प्रतिशत लाभांश दिने भएको आर्थिक बर्ष २०७९२०८० सम्मका शेयर सदस्यहरुलाई लाभांश दिने निर्णय सहकारीको शनिबार भएको १५ औं बार्षिक साधारण सभाले गरेको

२०६५ मा स्थापना भएको हिमशिख सहकारीका हाल हजार शय शेयर सदस्य रहेका छन्

आर्थिक बर्ष २०७९।२०८० मा सहकारीले १९ जना शेय सदस्य महिलाहरुलाई सुत्केरी खर्च, १२ जना सदस्यहरुको मृत्यु भएपछि तिनका परिवारलाई काजकृया खर्च४४ जना जेष्ठ शेयर सदस्यलाई लौरो बितरण गरिएको सहकारीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले सहकारीको शेयर पूँजी तीन करोड ५० लाख ९० हजार एक सय, बचत निक्षेप ३९ करोड ६३ लाख ९३ हजार सात ऋण लागानी तथा असुली ५५ करोड ७१ लाख ५१ हजार १३८ रुपियाँ रहेको बताए

यसअघि उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्टार टीकाराम थापाले जनताले आशा भरोसा गर्ने भएकोले सहकारीले प्रभावकारीढंगले काम गर्नुपर्ने बताए

थापाले सहकारीका सम्पूर्ण शेयरधनी बचतकर्ताको रकम सही ठाउँमा परिचालित गरेर काम गर्नुपर्ने पनि बताए

रजिष्टार थापाले सहकारीको वार्षिक साधारणसभाले शेयर सदस्यहरुलाई सञ्चालक समितिले वर्षभरि गरेका कामका बारेमा जानकारी दिने आगामी योजनाका बारेमा थपघट गर्नाका लागि बाटो तय गर्नुपर्ने भएकोले साधारणसभा महत्वपूर्ण भएको बताए

हिमशखिर सहकारीका प्रवन्धक महेन्द्र शाहीले संस्थाको कुल आम्दानी १० करोड ५० लाख ११ हजार ७३४ रुपियाँ पुगेको बताए

सहकारीका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव विमल जोशीले कार्यक्रम सञ्चालन गरेका थिए लेखा समिति संयोजक पुष्पराज ओझाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए  भने उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए कार्यक्रम सँचालन सचिव बिमल जोशीले गरेका थिए

सो अवसरमा हिमशिखरले धनगढी हसनपुरका दिर्घराज जोशीलाई जेष्ठ सदस्य सम्मान, धनगढी का आनन्द सिंह भाटगोदावरी का तीर्थ बिष्ट, गौरीगंगा का रमेश बहादुर रावत बिष्ट  कैलारी का प्रकाश चौधरीलाई उत्कृष्ठ बचत सदस्यका रुपमा सम्मानित गरेको

त्यस्तै असल ऋणीका रुपमा धनगढी का देवराज कुश्मी, गोदावरी का गिरेन्द्र प्रसाद पाण्डेय, गौरीगंगा १० की सरस्वती देवी चन्द कैलारी का अशोक कुमार सोवलाई असल ऋणीका रुपमा सम्मानित गरेको