धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

समाजवादी मोर्चाको कैलाली जिल्ला मोर्चा घोषणा

समाजवादी मोर्चाको कैलाली जिल्ला मोर्चा घोषणा

धनगढी जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष गया प्रसाद कुश्मीको अध्यक्षतामा  समाजवादी मोर्चा नेपाल कैलालीको घोषणा गरिएको

मोर्चामा सहभागी दलहरुको बैठकले शनिबार धनगढीमा मोर्चाको जिल्ला समिति घोषणा गरेको हो जनता समाजवादी पार्टीले जिल्ला मोर्चाको नेतृत्व चार महिनासम्म गर्ने नेकपा एकीकृत समाजवादीका कैलाली जिल्ला अध्यक्ष बिमल जोशीले हरेक चार चार महिनामा मोर्चाको नेतृत्व परिवर्तन हुने बताए एउटा दलले चार महिना नेतृत्व गरिसकेपछि अर्को दलले मोर्चाको नेतृत्व गर्ने अध्यक्ष जोशीले बताए

जिल्ला मोर्चामा चार वटै दलबाट दुई÷दुई जना सदस्य रहेका छन् नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेकपाले समाजवादी मोर्चा गठन गरेका छन् प्रदेश स्तरमा मोर्चा गठन गरेर सन्देश सभा गरिसकेपछि जिल्ला स्तरमा मोर्चा बिस्तार गरिएको हो

सन्देश सभामा नेकपाका केन्द्रिय सदस्य सन्तोष सीले समाजवादी मोर्चा अहिलेको आवश्यकता रहेको बताए मोर्चालाई अझै गतिशील बनाउने स्थानीय स्तरसम्म बिस्तार गरिने सीले बताए

नेकपा माओवादीका केन्द्रिय सदस्य कृष्ण चौधरीले आवश्कताका आधारमा मोर्चा बनेको यसलाई सक्रिय बनाएर  पछिसम्म लैजानु पर्ने बताए समाजवादलाई लक्ष्य बनाएका दलहरु नै मोर्चामा सहभागीभएकाले मोर्चा सफलहुने केन्द्रिय सदस्य चौधरीले बताए

जसपा कैलालीका अध्यक्ष गया प्रसाद कुश्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य माया भट्ट, नेकपाका डबल शाह, नेकपा माओवादीका जिल्ला संयोजक लाजुराम चौधरीले मन्तव्यव्यक्त गरेका थिए कार्यक्रम सँचालन नेकपा एसका जिल्ला सचिव दिर्घ जोशीले गरेका थिए

कैलालीमा कुनदलको नेतृत्व<

नेकपा : लम्कीचुहानगपलिका घोडाघोडी नगरपालिका

जसपा : जोशीपुर गाउपालिका, जानकी गाउपालिका टीकापुर नगरपालिका

नेकपा माओवादी केन्द्र : धनगढी उपमहानगरपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका

नेकपा एस : ःभजनी नगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका

चुरे गाउँपालिका