धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

धनगढी उप महानगरपालिकाद्वारा १ सय ९१ जनाको निशुल्क क्यान्सर परिक्षण

धनगढी उप महानगरपालिकाद्वारा १ सय ९१ जनाको निशुल्क क्यान्सर परिक्षण

धनगढी धनगढी उप महानगरपालिकाले एक  सय ९१ जनाको निशुल्क क्यान्सर रोगको परिक्षण गरेको शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको सहकार्यमा धनगढी उप महानगरपालिकाले शनिबार निशुल्क क्यान्सर हेल्थ क्याम्प आयोजना गरेको थियो सो क्याम्पमा एक सय ३८ महिला ५३ जना पुरुषले निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरेको धनगढी उप महानगरपालिकालेले जनाएको

क्याम्पपमा सहभागि मध्य ६३ जना महिलाको भीआइए विधिबाट पाठेघरको क्यान्सरको परिक्षण गर्दा तीन जना महिलामा क्यान्सरको पोजेटिभ लक्षण फेला परेको धनगढी उप महानगरपालिकाले जनाएको

यसैगरी १० जनामा संकास्पद क्यानसर रहेको  भेटिएको जसमा जनाको स्तनमा गाठागुठी रहेको, एक जनाको घाँटीमा गाठागुठी भएको दुई जनाको लामो समय घाउ भएर सञ्चो नभएको, एक जनाको पेटमा गाठागुठी रहेको भेटिएको उप महानगरले जनाएको उनिहरुलाई थप उपचारका लागि रेफर गरिएको क्याम्पमा यस अघिनै क्यान्सर रोग पक्ता लागेका जनाको स्वास्थ्यकर्मीले फलोअप पनि गरेका थिए

शिविरमा शुशील कोइराला क्यान्सर अस्पतालका निर्देशक डा.निरज भट्टराई, मेडिकल अन्कोलोजिष्ट डा. सजन थापा, रेडियोलोजिस्ट डा. मुकेस यादव, अन्कोलोजिष्ट डा. विपिन गुरागाई, मेडिकल अफिसर डा. चिरञ्जिवि डा रामनाथले विरामीको चेकजाँच गरेका थिए स्वास्थ्य शिविर धनगढी उपमहानगरपालिका१६ घसीटामा सञ्चालन गरिएको थियो