धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भारतको अयोध्यामा हुने प्राण प्रतिष्ठामा सहभागिताका लागि धनगढीका नगर प्रमुखलाई निम्तो

भारतको अयोध्यामा हुने प्राण प्रतिष्ठामा सहभागिताका लागि धनगढीका नगर प्रमुखलाई निम्तो

धनगढी । भारतले अयोध्यामा आयोजना गर्नगईरहेको प्राण प्रतिष्ठानमा सहभािगताका लागि धनगढीका नगर प्रमुखलाई निम्तो आएको छ । योध्यालाई भगवान श्री रामको जन्मभुमि मान्दै आएको भारतले जनावरी २२ अर्थात माघ ८ गतेका दिन प्राण प्रतिष्ठानको आयोजना गर्दैछ । प्रतिष्ठानमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्च पदस्थ व्यक्तिको सहभागीता हुने जनाएको छ । 
प्राण प्रतिष्ठा समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित राष्ट्रिय स्वयंसेवक संघका संघचालक मोहन भागवत, उत्तर प्रदेश सरकारका राज्यपाल श्रीमती आन्नदी बेन पटेल, उत्तर प्रदेश सरकारका मुख्य मन्त्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमी तीर्थ क्षेत्रका अध्यक्ष पुज्य महन्त नृत्यगोपाल दास, सन्त समाज, समाजिक आध्यात्मिक व्यक्तित्वहरूको उपस्थितिमा रहने छ । प्राण प्रतिष्ठा शुभ मुहुर्त पौष शुक्ल द्वादशी बिक्रम सम्बत २०८० माघ ८ गते मध्याह्न १२ बजेर २० मिनेट रहेको छ।