धनगढी पोष्ट
बुधबार, २५ पुष २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको उपलक्ष्यमा पुस २६ गते सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने जनाएको छ ।
बाजुरा, बझाङ, अछाममा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।