धनगढी पोष्ट
बिहिबार, २६ पुष २०८० मा प्रकाशित
धनगढी । नेकपा एमाले निकट अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन् ।
धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजक समेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी गठन गरेको हो ।
प्रदेश कमिटि उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् । यसैगरी सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधवार अधिवेशनको उद्घाटन गरेका थिए ।