धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
मौसम प्रक्षेपण, तीन दिन अझै चिसो

चिसोले कष्टकर बन्दै तराईको जनजीवन

चिसोले कष्टकर बन्दै तराईको जनजीवन

धनगढी कैलाली, कञ्चनपुरमा विगत केही दिन देखि अत्याधिक चिसो बढेको बाक्लो हुस्सु सैग विगत दुई दिन यता सितलहर समेत देखिएको सितलहल बढ्न थालेपछि स्वास्थ्यकर्मिले अत्यावस्य काम बाहेक घर बाहिर ननिस्कन सुझाव दिएका छन् सितलहरका कारण वयस्क तथा स्वस्थ मानिसको स्वास्थ्यमा समेत असर पर्न सक्ने स्वास्थ्यकर्मिको भनाई

सितलहरमा धेरै समय घर बाहिर बस्दा मानिसको फोक्सोमा संक्रमण हुनसक्छ, धनगढी स्थित सेती प्रादेशिक अस्पतालका मेडिकलसुपरिटेन्डेन्ट तथा वरिस्ट कन्सलटेन्ट फिजिसियन डा= शेरबहादुर कमरले भने, ‘त्यसैले अत्यावश्यक काम बाहेक घरबाहिर लामो समय बस्नु कसैका लागि पनि राम्रो हुदैन ,

डाकमरका अनुसरा मुटु तथा फोक्सो सम्बन्धि विरामी भएका नागरिकले चिसोमा अझ बढी सावधानी अपनाउनु जरूरी दम, निमोनिया, उच्च रक्तचाप, मधुमेह तथा बोसो सम्बन्धी समस्या भएका नागरिलाई चिसोले अझ बढी समस्या निम्त्याउन सक्छ, कमरले भने, त्यस्ता व्यक्तिले चिसोमा बाहिर निस्कदा स्वास्थ्यलाई विशेष ख्याल गर्नु पर्दछ ,

डा= कमरले चिसोमा बिहान पख सारिरीक व्यायमका लागि घर बाहिर हिड्न पनि सुझाव दिएका छन् चिसोमा सकभर घर भित्रनै व्यायमका विधि अपनाउन उनले सुझाव दिएका छन् तातो झोलिलो खानेकुरा प्रयोग गर्ने, न्यानो लुगा लगाउन सुझाव दिंदै डाक्टर कमरले भने, ‘सकभर हिटर वा अन्य विद्युतिय उपकरण दाउरा कोईला प्रयोग गरेर न्यानो पार्दा खुला हावा आउजाउ हुने स्थान रोज्नु उपयुक्त हुन्छ, राति कोठा बन्द गरेर विद्युतिय उपकरण, दाउरा, कोईला बालेर सकरभ सुत्न हुँदैन, सुत्नैपरे कोठामा हावा आउने ठाउँ राख्नु पर्दछ

चिसो बढेसंगै अस्पतालमा मुटु रोगिको संख्या बढुन थालेको कमरले बताए दम, निमोनिया तथा फोक्सो सम्बन्धी अन्य रोग भएका विरामी पछिल्लो समय धेरै आउन थालेका छन्, मेडिकलसुपरिटेन्डेन्ट डाक्टर कमरले भने चिसो बढेसंगै मधुमेहका विरामी पनि अस्पताल आउनेक्रम बढेको उनले बताए

विगत केही दिन देखि कैलाली, कञ्चनपुरमा लागेको हुस्सु कुहीरो तत्काल हट्ने सम्भावना नरहेका कारण चिसो अझै बढ्न सक्ने अनुमान गरिएको  

जल तथा मौसम पुर्वानुमान महाशाखा काठमाण्डौका अनुसर तत्काल कैलाली, कञ्चनपुरमा बर्षाको सम्भावना रहेको छैन जसका कारण तत्काल चिसो कम हुने अवस्था नरहेको मौसमविद प्रतिभा मानन्धरले बताईन् बर्षा नभई हुस्सु हट्ने अवस्था देखिदैन, मौसमविद मानन्धरले भनिन्, ‘तर तत्काल कैलाली, कञ्चनपुरमा बर्षाहुने कुनै सम्भावनानै देखिदैन, त्यसैले यी जिल्लामा चिसो अझै बढ्न सक्दछ धनगढीमा बुधबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकोमा आगामी दिनमा न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद मानन्धरले बताइन्