धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुर्मा साइपालले मनायो १४औं बार्षिक साधारण सभा

सुर्मा साइपालले मनायो १४औं बार्षिक साधारण सभा

धनगढी धनगढी स्थित सुर्मा साइपाल बचत ऋण सहकारी संस्था लिमिटेडले विविध कार्यक्रम गरी १४औँ साधारण सभा मनाएको

सुर्मा साइपाल बचत ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मदनराज रेग्मीको अध्यक्षत्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी रहेका थिए

कार्यक्रममा प्रमुख अतिथि तथा सभामुख भण्डारीले सहकारी मोटाउनुको कुनै अर्थ नरहेको भन्दै आफ्नो लक्ष्य उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताए उनले मोटाएका केही सहकारीहरु धरासायी भएर गएको उदाहरणसमेत दिए उनले सहकारीमा खेल्नुपर्ने भूमिका लागि आफू कटीबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत जनाए

साधारणसभामा सहकारीका अध्यक्ष रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए सहकारीले केही ऋण व्यक्ति बचतकर्तालाई सम्मान समेत गरेको थियो

यस सहकारीको शेयर पुजी पाँच करोड रहेको , २०७९ असार मसान्तसम्म संस्थाको चुक्ता शेयर पुजी तीन करोड सात लाख ३२ हजार पाँच सय रहेकोमा २०८० ससार मसान्त सम्म सो पूजी १९ दशमलव ८५ प्रतिशतले वृद्धि करोड ६८ लाख ३५ हजार सय पुगेको सहकारीले जनाएको

२०७९ असार मसान्तसम्म शेयर सदस्य एक हजार एक सय तीन रहेकोमा २०८० असार मसान्त सम्म सो संख्या बढेर एक हजार दुई सय ३५ पुगेको संस्थाको शेयर पूजी करोड ८१ लाख २९ हजार तीन सय रहेको

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका पुर्व सभामुख अर्जुन थापा, नेप्सकोनकी केन्द्रिय सदस्य दीप्ति शाही, सहकारीका पसर्व अध्यक्ष दलबहादुर रोकाया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष मदनराज रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो