धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सामुदायिक बहु उद्देश्यीयको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक बहु उद्देश्यीयको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

धनगढी । धनगढी–५ स्थित सामुदायिक बहु–उद्देश्यीय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण ससा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष जनकराज पाण्डेयको अध्यक्षतमा सम्पन्न कार्यक्रममा धनगढी–५ का वडा अध्यक्ष गजेन्द्र शाही प्रमुख अतिथी रहेका थिए । 
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रमुख दिनेश पेलालले संस्थाका हरेक गतिविधिलाई निग्रानीमा राख्न शेयर सदस्यलाई आग्रह गरे ।
सहकारी संस्था बैंक जस्तो नभएको बताउँदै प्रदेश प्रमुख पेलालले भने, ‘जसको लगानी उसैले संस्था चालाउने हुँदा सहकारी संस्थाको निग्रानी शेयर सदस्यलेनै गर्नुपर्ने हन्छ, सञ्चालक समतिलाई जिम्मेवार बनाउने काम पनि शेयर सदस्यको नै हो ।’
संस्थाका  सचिव लाकेश भट्टले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कुवेर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अध्यक्ष जनकराज पाण्डेयले आर्थिक बर्ष २०८०पुस सम्म ५३ लाख ७१ हजार ९ सय तीन रुपैंया निक्षेत्र संकलन गरिएको बताए । संस्थाले २०८० पुस २२ सम्म एक करोड २८ लचाख १३ हजार ४ सय २८ रुपैंया ऋण लगानी गरेको अध्यक्ष पाण्डेयले बताए । 
संस्थाले गत आर्थिक बर्षमा संस्थागत शुसासन, जनशक्ति व्यवस्थापन, सुपथ मुल्य पसल सञ्चालन गरेको जनाइएको छ ।
संस्थाले चालु आर्थिक बर्षका लागि शेयर सदस्य सम्मान, कारोवार वृद्धि, उत्पादन क्षेत्रमा लगानी, वीमा कार्यक्रम लागु गर्ने लगायत विभिन्न लक्षित कार्यक्रम निर्धारण गरेको छ ।
तीन सय २३ जना शेयर सदस्य रहेको संस्थामा ८१ लाख २७ हजार दुई सय शेयर पूजी रहेको छ ।