धनगढी पोष्ट
शुक्रबार, २७ पुष २०८० मा प्रकाशित
धनगढी । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम लाल चौधरी सर्वसम्मत चयन भएका छन् ।
बिहीबार देखि कैलालीको टीकापुरमा सुरु भएको नागरिक उन्मुक्तिको प्रथम राष्ट्रिय सम्मेलनले अध्यक्ष संगै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सहित ५ जना उपाध्यक्ष, महासचिव, सह महासचिव, सचिवमा, सह सचिव र कोषाध्यक्ष पनि निविरोध चयन गरेको छ ।
पार्टीको उपाध्यक्षमा रतन थापा, विवकुमार वास्तोला, महेन्द्र पन, इन्द्र कुमारी लिम्बु र रामकुमार महतो निर्विरोध चयन भएका छन् ।
५ सय १ जना सदस्य रहने व्यवस्था रहेको नागरिक उन्मुक्ति पार्टीमा २ सय ४६ निर्वाचित र दुई सय ५५ सदस्यलाई मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित पदाधिकारी मध्य ४६ जना पदाधिकारी हुने छन् ।