धनगढी पोष्ट
शनिबार, २८ पुष २०८० मा प्रकाशित
धनगढी । नागरिक उन्मुक्तिको पार्टीले सहअध्यक्षमा रन्जिता श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ । पार्टीको पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले रन्जितालाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
रन्जिता नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्ष हुन् । उनी नागरिक उन्मुक्ति पार्टीका नवनिर्वाचित अध्यक्ष रेशम चौधरीकी श्रीमती समेत हुन् ।
टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनमा पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
कार्यसमितिको बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय समेत गरेको छ । पार्टी अध्यक्ष चौधरीले रन्जितालाई सहअध्यक्षमा मनोनित गरेको पत्र पठाइसकिएको बताए ।
नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ । अधिवेशनमा ठाकुर सिंह थारु र गंगाराम चौधरी महासचिवमा चयन भएका थिए ।