धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

काँचा सालका रुख काटेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ

काँचा सालका रुख काटेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ

धनगढी कञ्चनपुरको कृष्णपुरमा काँचा सालका रुख कटानी गरेको आरोपमा सामुदायिक वनका अध्यक्ष सहति दुईजनालाई डिभिजन वन कार्यालयले पक्राउ गरी अनुसन्धान थालेको

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित वाणीमा रहेको गडबिजला सामुदायिक वनमा सालका काँचा रुख अबैध रुपमा कटानी भएको डिभिजन वन कार्यालयको आरोप

काँचा रुख नै कटानी भएपछि रुख कटानीमा संलग्न रहेको भन्दै सामुदायिक वनका अध्यक्ष धनीराम चौधरी नारायण चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताए सामुदायिक वनभित्र काँचा रुख कटानी भएको , हामीले अनुसन्धानका लागि शनिबार दुई जनालाई नियन्त्रणमा लिएका छौँ, उनले भने, ‘अहिले रुख कटानीको विषयमा अनुसन्धान भइरहेको

सामुदायिक वनबाट गत साता तीनवटा सालका रुख काटिएका थिए काटिएका काँचा रुख वनले नियन्त्रणमा लिएको उनले बताए गडबिजला समुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वनमा गस्ती जाने क्रममा तस्कर समुहले मेसिनले तीन सालका काँचा रुख काटेको बताएका थिए सुरुमा वनमा काठ तस्करी भएको जानकारी दिने वनकै अध्यक्ष अहिले आफै पक्राउ परेका छन् स्थानीयले घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन्