धनगढी पोष्ट मङ्गलबार, २६ चैत २०८१   April 8, 2025

डोटीमा बदेलको आक्रमणबाट एक जनाको मृत्यु

डोटीमा बदेलको आक्रमणबाट एक जनाको मृत्यु

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका १ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट मंगलबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।

बिहान घर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुली सहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए । भुकलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको जनाइएकको छ  ।