धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

मुख्यमन्त्री कार्यालय अगाडी भएको कालोपत्रे गुणस्तरहिन, निर्माण कम्पनिलाई थप काम गर्न रोक

मुख्यमन्त्री कार्यालय अगाडी भएको कालोपत्रे गुणस्तरहिन, निर्माण कम्पनिलाई थप काम गर्न रोक

धनगढी धनगढी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी मुख्य सडकमा  गरिएको कालोपत्रे गुणस्तर हिन भएको पाइएको

कालोपत्रे गरिएको क्षेत्रको गुणस्तर मापदन गर्दा राम्रो काम भएको नपाइएपछि क्षेत्रीय सहरी विकास आयोजनाले तत्काल थप काम गर्न निर्माण कम्पनिलाई रोक लगाएको सडक निर्माणको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले गरिरहेको कालोपत्रको तथा अन्य निर्माण कार्य तत्काल रोक्न पत्र नै पठाएको गुणस्तरीय कालोपत्र निर्माण नभए भुक्तानी रोक्का गरिने आयोजना कार्यालयको चेतावनी क्षेत्रीय सहरी विकासका इन्जिनियर सौरभ कलौनीले आइतवारदेखि काम रोकिएको बताए उनका अनुसार लेयर जस्तो हुनुपर्ने हो त्यो अनुसारको नभएको उनले बताए उहाँहरुले काम पूरा नगरेसम्म भुक्तानी नहुँने उनले बताए

धनगढीमा क्षेत्रीय सहरी विकासले १० दशमलव सय ८७ किलोमिटर सडक कालोत्रपका लागि २०७७ असार २८ गते ठेक्का सम्झौता गरेको थियो कालिका निर्माण कम्पनीले वर्षमा काम पूरा गर्न सम्झौता भएकोमा चार वर्षसम्म काम सकिएको छैन सातवटा सडकमध्ये मुख्य सडकको कालोपत्रको काम थालेको निर्माण कम्पनीले लापरबाही गरेको धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुल सम्मको सडक कालोपत्रमा लापरबाही गरिएको हो

क्षेत्रीय सहरी विकासका इन्जिनियर कलौनीले कम गुणस्तरको काम भएको बताए उनले कालोपत्रको मोटाइ मात्र नभई गुणस्तर पनि चाहिने बताए उनले भने, माथिबाट टालेर मात्र हुँदैन, कन्सल्टेन्सीसहितको टिम बसेर निर्णय हुन्छ, उनले भने, अहिलेको अवस्थाको ठिक हुँदैन। क्षेत्रीय सहरी विकासको कार्यालयसँगै जोडिएको क्षेत्रमा कम गुणस्तरको कालोपत्र गरिएको भन्दै पौस २९ गतेदेखि काम रोकिएको हो