धनगढी पोष्ट
बिहिबार, ०४ माघ २०८० मा प्रकाशित
धनगढी । एक पटक उद्घाटन भइसकेको प्रशासनिक भवन दोश्रो पटक उद्घाटन गर्न लागेको भन्दै कैलालीको गोदावरी नगरपालिकामा विवाद भएको छ ।
नगरपालिकाले पहिले उद्घाटन भैसकेको भवनको पुनः उद्घाटन गर्न नहुँने भन्दै नेकपा एमालेले विरोध गरेपछि विवाद उत्पन्न भएको हो । प्रशासनीक भवन दोस्रो पटक उद्घाटन गर्ने तयारी गरिएको हो।एमालेले नगरपालिकाले आयोजना गरेको भवनको उद्घाटन कार्यक्रम विथोलेको छ ।
तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो ।नगरपालिकाका केही कर्मचारी एवम् जनप्रतिनिधिहरु नगरपालिका भित्र छन भने आन्दोलनकारी र केही कर्मचारीहरु नगरपालिकाको गेट बाहिर नै बसेका छन । उनिहरुलाई भित्र प्रवेश गर्न दिईएको छैन । नगरपालिकाले गेटमा सुरक्षाकर्मीहरु तैनाथ गरेको छ ।
प्रशासनीक भवन पुनस् उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेकोजनाएको छ । एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिदै विरोध जनाउँदै नगरपालिका कार्यालय घेराउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले भवन उद्घाटनको विषयलाई लिएर विवाद सिर्जना भएको बताए । उनकाअनुसार नेकपा एमाले निकट नेता,कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन्, भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन् ।