धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

विवादका विच गोदावरीको प्रशासकिय भवन उद्घाटन

विवादका विच गोदावरीको प्रशासकिय भवन उद्घाटन

धनगढी विवादका विच कैलालीको गोदावरी नगरपालिकाले निर्मित गरेको प्रशासकीय भवन उद्घाटन गरिएको नेकपा एमालेको विरोधकाबीच नगरप्रमुख वीरेन्द्र भट्टले भवन उद्घाटन गरेका हुन् एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए दोस्रो पटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरेको थियो एमालेको विरोधका बाबजुद भवन उद्घाटनको पुरानो शिलालेख हटाई नयाँ शिलालेख पनि राखिएको

एक पटक उद्घाटन भइसकेको प्रशासनिक भवन दोश्रो पटक उद्घाटन गर्न लागेको भन्दै कैलालीको गोदावरी नगरपालिकामा विवाद भएको थियो

नगरपालिकाले पहिले उद्घाटन भैसकेको भवनको पुनः उद्घाटन गर्न नहुँने भन्दै नेकपा एमालेले विरोध गरेपछि विवाद उत्पन्न भएको हो एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेका थिए सोही क्रममा विवाद भएपछि नगरपालिकाले गेटमा सुरक्षाकर्मीहरु तैनाथ गरिएका थिए