धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

प्रहरी व्यवसायीक हितमा कटिबद्ध छ : डिआइजी

प्रहरी व्यवसायीक हितमा कटिबद्ध छ : डिआइजी

धनगढी सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रहरी प्रमुख डिआइजी रबिन्द्र केसिले यहाँका व्यवसायीको हित सुरक्षालाई मध्यनजर गरेर प्रहरीले काम गर्ने गरेको बताएका छन्

कैलाली उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा डिआइजी केसीले प्रहरीलाई गलत तरिकाले नबुझ्न व्यवसायीसंग आग्रह पनि गरे आफ्नै देशमा काम गर्ने, राज्यलाई कर तिर्ने व्यवसायीको हित सुरक्षा प्रदान गर्नकै लागि प्रहरी खटिएको हुन्छ, डिआइजी केसीले भने, ‘त्यसैले प्रहरी प्रति सकारात्मक धारणा बनाउनु जरुरी   प्रहरीले गलत कुरा हुनबाट रोक्ने भन्दै डिआइजी केसीले भने, ‘गलत गर्नु अपराध हो, त्यसतो वेला प्रहरी संविधान अनुसार चल्नुपर्छ, तर इमान्दार मेहनत गर्नेका लागि प्रहरी सहयोगि हो, हामी त्यसैअनुसार काम गर्ने छौं

उनले सुदूरपश्चिम उत्तर दक्षिणमा भारत चीन संग जोडिएको भन्दै त्यसले केही चुनौति थपिएको बताए भारतसंग खुला सीमाना , केसीले भने, ‘जसका कारण त्यहाँबाट लागु औषध अवैध सामग्री भित्रिने गरेका छन्, चीनबाट सुन तस्करी हुनेक्रम बढेको , त्यसलाई रोक्नु हाम्रा लागि चुनौति

तर उत्तर दक्षिणमा दुई ठुला देशका सीमाना जोडिएका कारण यहाँका नागरिकका लागि केही सहज पनि हुने गरेको डिआइजी केसीले बताए भारतसंग सीमा जोडिएका जिल्लामा दैनिक उपभोग्य सामग्री केही हद सम्म भएपनि सहुलियत , डिआइजी केसीले भने, ‘उत्तरी नाकाबाट सस्तोमा लत्ता कपडा पाउँदा पहाडी जिल्लाका नागरिकलाई पनि सहज भएको

उनले सुदूरपश्चिममा लागुऔषध दुव्यसनी ठुलो चुनौतिको विषय रहेको भन्दै त्यसलाई रोक्न आम नागरिक, व्यवसायी, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायको समन्वय सहयोग अपरिहार्य रहेको बताए तराईका जिल्लाबाट सुरु भएको दुव्र्यसनि अहिले पहाडी जिल्लामा पनि फैलिसकेको बताउँदै उनले यसको दलदलबाट समाजलाई बचाउन प्रहरीले सवै निकायसंगको समन्वय सहयोगको अपेक्षा गरेको बताए

नवनियुक्त प्रहरी प्रमुख केसीलाई स्वागत नेपाल उद्योग वाणिजय महाँसंघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसायी आर्थिक मारमा परेको अवस्थामा सुरक्षा निकायबाट सकारात्मक सहयोगगको अपेक्षा गरिएको बताए आथिक संकटका वावजुद पनि व्यवसायीले राज्यलाई करका अलावा अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताउँदै कुँवरले व्यवसायीक हितका लागि प्रहरी तथा प्रशासनको सहयोगको अपेक्षा गरिएको बताए उनले शान्ति सुरक्षा काम गर्न समस्यामा सहयोग गर्न कैलाली उद्योग वाणिज्यसंग प्रहरीसंग हातेमालो गर्न सधै तयार रहने बताए