धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

नक्कली हस्ताक्षरले निकालियो बालिकाको अपांगता भत्ता

धनगढी ।  दार्चुलाको शैल्यशिखर गाउपालिका वार्ड नम्बर ५ बगोराकी एक बालिकाको अपांग भत्ताको १२ हजार ५ शय रुपैया बैंकको खाताबाट धनगढीकी एक महिलाले नक्कली दस्तखत गरेर निकालेकी छन् । १५ बर्षीय हेमन्ता रावलको अपांग भत्ता बापतको १२ हजार ५ शय रुपैया धनगढीकी दुर्गा धामीले नक्कली दस्तखत गरेर निकालेकी हुन् ।

अपांग भत्ता बापतको रकम आयो कि भनेर धनगढीको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकमा माघ ५ गते गएकी थिए, बैंकका कर्मचारीले   अर्कै महिलाले रकम निकालिसकेको भने ।” हेमन्ताकी आमा राधा रावलले भनिन् बैंकको सिसिटीभीमा हेर्दा ती महिलाको पहिचान भयो ।

अनुहार पहिचान  भए पनि रकम निकाल्न महिलाको बरेमा बिस्तृत जानकारी खोजी भैरहेको बेला माघ ७ गते ती महिला फेरि एनएमबीआइ बैंकमा गएर सोही खातामा थप रकम छ कि भनेर सोधपुछ गर्न थालेपछि  आफुहरुले समातेको राधाले बताइन्  ।

१५ बर्षीय हेमन्ताले क बर्गको अपांगताको परिचय पत्र पाएकी छिन् । उनले अपांग भत्ता बापत  प्रति महिला चार हजार रुपैया प्राप्त गर्छिन् । नेपाल इन्भेष्टमेन्ट मेघा बैंक दार्चुलामा रहेको १३००५२५००२४२५९ नम्बरको उनको  खातामा सरकारले सामाजिक सुरक्षा बापत प्रत्येक महिनाको चार हजार दिने गर्दछ ।

 नक्कली दस्तखत गरेर रकम निकालिएको समातिएपछि ती महिलाले रकम फिर्ता गरेकी छिन् ।