धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

पाँच तलाबाट हाम फालेर धनगढीका व्यवसायीले गरे आत्महत्या

पाँच तलाबाट हाम फालेर धनगढीका व्यवसायीले गरे आत्महत्या

धनगढी धनगढीमा घरको तला माथीबाट हामफालेर एक जना व्यवसायीले आत्महत्या गरेका छन्

प्रहरीका अनुसार धनगढी स्थित सन्दिप स्टोरका सञ्चालक ५३ बर्षिय सन्तोष अग्रवालले आफ्नै तलाको घरको छतबाट हाम फालेर आत्महत्या गरेका हुन् हाल सम्म आत्महत्याको एकिन कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले बताए घरमा सामान्य विवाद भएको भन्ने बुझिएको , प्रबक्ता चन्दले भने, ‘सोही विवादका कारण आत्महत्या गरेका हुन् वा अन्यकारण भन्ने एकिन भएको छैन

उनले बुधवार विहान करिब ११ बजेर २० मिनेटमा हाम फालेको देखिएको घटना लगत्तै बेहास अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल पुयाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको थियो