धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

धनगढी राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा मतदान जारी राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा आज बिहान बजे देखि मतदान सुरु भएको हो

यस प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरीउत्सव महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिन लागेको सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट जनाले उम्मेदवारी दिएका छन् सत्तारुढ गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यकबाट कांग्रेसकै नारायणदत्त भट्ट महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द उम्मेदवार छिन्

त्यस्तै नेकपा एमालेबाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् प्रदेशसभाका सदस्य स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गरिरहेका छन् सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१०० रहेको जसमा सत्तारूढ गठबन्धनको मतभार ४४५७ रहेको भने एमालेको मतभार १४८० रहेको