धनगढी पोष्ट
बिहिबार, ११ माघ २०८० मा प्रकाशित
धनगढी । राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट शत्तारुढ गठबन्धन दलका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतका अनुसार सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ माओवादीकी रेनु चन्द निर्वाचित भएकिछन् । उनले ४ हजार चार सय ५३ मत पाइन् । त्यसैगरी अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट चार हजार चार सय १९ मत पाएर निर्वाचित भएका छन् भने, अन्य तर्फपनि शत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवारी दिएका कांग्रेसका बलदेव बोहरा चार हजार तीन सय ४७ मत ल्याएर विजयी भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेकामा तीनै जना पराजित भएका छन् ।